
अनेरास्वियु कैलाली जिल्ला ईन्चार्जकोे जिम्मेवारीमा हरीश न्यौपाने
लम्की – कैलाली जिल्लामा अनेरास्वियुकोे जिम्मेवारी हरीश न्यौपानेले पाएका छन् । न्यौपाने स्कुले जीवन देखि विद्यार्थीका हक हितका लागि निरन्तर लड्दै आएका छन् । न्यौपाने यति बेला विद्यार्थीका मुद्दा केन्द्रमा समेत उठाइरहेका छन् । न्यौपाने अनेरास्वियू केन्द्रिय सदस्य समेत हुन् ।
न्यौपाने अनेरास्ववियु टिकापुर बहुमुखी क्याम्पस मा बि कमिटी अध्यक्ष हुँदै निरन्तर विद्यार्थीका मुद्दामा बुलन्द आवाज उठाउँदै क्षेत्रिय कमिटी सह सचिव र टिकापुर बहुमुखी क्याम्पस अध्यक्ष समेत भएका थिए । त्यसपछि न्यौपाने झन् सशक्त भएर कैलाली जिल्ला सह-संयोजक हुँदै अनेरास्ववियु कैलाली जिल्ला सचिव समेत भइसकेका छन् ।

हालै केहि समय अगाडी भएकाे अनेरास्वियु केन्द्रिय कमिटीको निर्वाचनमा न्यौपाने केन्द्रिय कमिटी सदस्यमा विजय भएका थिए । उहाँको निरन्तर लअगावलाई मध्यनजर गर्दै आज संघगठनले कैलाली जिल्ला इन्चार्जकोे जिम्मेवारी दिएको छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७