
अनेरास्वियु सुदुरपश्चिम प्रदेश इन्चार्जकोे जिम्मेवारीमा कल्पना तिमिल्सेना
लम्की – सुदुरपश्चिम कैलालीकी छोरी आज प्रदेश इन्चार्जकोे जिम्मेवारी पाएकी छन् । लेडिजलाई नेतृत्वमा सधैँ पछाडी पारेको उसो त नेतृत्व नस्वीकार्यकोे बेला तिमिल्सेनाकोे निरन्तर लगाव र प्रयासले आज इन्चार्जको जिम्मेवारी पाएकी छन् । विद्यार्थीका समस्यालाई नजिकबाट निहालेकी तिमिल्सेना विद्यार्थीहरुको पक्षमा अग्रसर भएकी देखिन्छन् । स्कूल पढ्दा देखि नै विद्यार्थीको समस्या, विद्यार्थी माथीकोे विवेदकोे अन्त्यकोे बुलन्द आवाज उठाउँदै आइरहेकी थिईन् , त्यहि कारण पनि यसको अन्त्य गर्न आफु विद्यार्थी संगठनमा आबद्ध भएको तिमिल्सेनाले बताइन ।

स्कुले जीवन देखि विद्यार्थीका हक हितका लागि निरन्तर लड्दै आएकी तिमिल्सेना यति बेला विद्यार्थीका मुद्दा केन्द्रमा उठाइरहेका छन् । तिमिल्सेना अनेरास्वियू केन्द्रिय सचिवालय सदस्य समेत हुन् । आज तिनै कल्पना तिमिल्सेनाले अनेरास्वियु सुदुरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएकी छन् ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७