आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि बिरोध प्रदर्शन गरेको छ । आइतबार वैदेशिक रोजगार विभाग अगाडि भेला भइ उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा बोल्दै आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिना भौचर असुली भइरहेको बारेमा खबरदारी गरेको बताए । उनले अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।
उनीहरुले बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार दे, श्रमीकलाई ठग्न पाइँदैन लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।