उपाध्यक्ष द्धारा शहरी विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र

Spread the love

काठमाण्डौं – कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष कमल बहादुर साउदले शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ।

उपाध्यक्ष साउदले चिसापानी सोल्टा सडक खण्डको रुख कटानका समस्याले रोकिएको कामलाइ तत्काल सुचारु गर्न वन विकाश कोषमा जम्मा गर्नुपर्ने रकमको सुनिश्चितताको लागि आज उपप्रधान तथा शहरी विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ।

उपाध्यक्ष साउद सहित युवा विद्यार्थी नेताहरु सहितकाे टोलीले आफ्ना माग सहित ध्यानाकर्षण गराएका छन् । साथै आइतबारदेखि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउदै मन्त्रालयमै धर्ना दिने कार्यक्रम रहेको समेत रहेको उपाध्यक्ष साउदले जानकारी गराउनु भयो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *