कैलाली – प्रधानमन्त्री केपी शर्मा ओलीले देशव्यापी एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको बताएका छन् । माघ २२ गतेदेखि सुरु भएको देशव्यापी एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको उनले बताएका हुन् ।
हालसम्म १० लाखभन्दा बढी किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म जारी रहने छ । प्रधानमन्त्री ओली खोप लगाउन यस अभियानमा संलग्न भएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद समेत दिएका छन् ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७