संस्थामा लघुवित्त कार्यक्रम अन्तर्गत समूहमा आवद्ध भएका सदस्य तथा सदस्यको अभिभावकहरुको उद्यमशीलता प्रवर्द्धन, व्यावसायिक ज्ञान, सीप सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम उक्त प्रदेशका प्रदेश प्रमुख र उपप्रदेशका अनुगमन प्रमुख र शाखाका शाखा प्रमुखको उपस्थितिमा उद्घाटन गरी सुरुवात गरेको हो ।
यस क्षेत्रका कृषकहरुलाई व्यवसायिक रुपमा अगाडी बढ्न सजिलो होस् भनेर यस्तो कार्यक्रम आयोजना गरेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड लम्की शाखाका प्रमुख राजेश शाहीले बताउनु भयो। यस्तै बाख्रा पालन गर्ने कृषकको लागी यो कार्यक्रम निकै प्रभावकारी हुने प्रशिक्षक जंग बाहदुर शाहीले बताउनु भयो।
तालिममा विगत लामो समयदेखि अनुभव र ज्ञान प्राप्त प्रशिक्षकहरुले पशुपालन तथा तरकारी खेती सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीप प्रदान गरे । यसका साथै पशुपालन गर्दा गाईभैंसीको उचित हेरचाह, खानपान, रोग प्रतिरोधात्मक उपाय, उत्पादन वृद्धिमा ध्यान पुऱ्याउनु पर्ने जस्ता कुराहरुमा विशेष जानकारी गराए ।
साथै एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड लम्की शाखाले तिन दिने आधारभूत बाख्रा पालन सम्बन्धी तालिम संचालन गर्दा समुहमा आवद्ध सदस्यहरु निकै खुशी भएर धन्यवाद सहित अगामी दिनमा पनि यस्तै तालिमको आयोजना गर्न समेत आग्रह गरेका छन् ।
भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७