एमालेमा सुदुरपश्चिम भुगोलबाट केन्द्रिय सदस्यमा कमला कुमारी ओलीकोे उम्मेद्वारी

Spread the love

एमालेमा सुदुरपश्चिम भुगोलबाट केन्द्रिय सदस्यमा कमला कुमारी ओलीकोे उम्मेद्वारी 

नेकपा एमालेकोे ११औँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेको संगठन, विचार र अनुशासनलाई संकटका घडीमा समेत अग्रमोर्चाबाट जोगाउँदै आइरहनु भएको केन्द्रीय कमिटी सदस्य तथा कैलाली क्षेत्र नं. २ को इन्चार्ज, पूर्व राष्ट्रिय सभा सदस्य कमला कुमारी ओलीले सुदुरपश्चिम प्रदेश भुगोल तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएकी छन् ।

ओली एक महिला नेतृत्व, सरल स्वभाव, कुशल संगठक र निस्वार्थ भावनाको प्रतीक हुन, ओली आज सुदूरपश्चिम प्रदेशमा मात्र होइन, समग्र पार्टीका लागि भरोसाको केन्द्रकोे रूपमा लिएको छ ।

प्रखर वक्ताको छवी बनाएकी युवा नेत्री ओली जस्तो सुकै अवस्थामा पनि आफ्नो पार्टीको विचार र दृष्टिकोणका बारेमा राम्रो बहस गर्न सक्ने क्षमता राख्नुहुन्छ । निडर स्वभावकी ओलीको त्यो निडरताले पार्टी अफ्ठेरोमा परेको बेला समेत देखाउनु भएको थियो । तत्कालीन समयमा नेकपा विभाजन हुदा अधिकांश नेताहरु केपी ओलीको पक्षमा खुलेर आउन नसकेको अवस्थामा ओली खुलेर पार्टी सङ्गठन प्रति बफादार भएर लाग्नुभयो ।

पार्टीको नीति, विधि र नेतृत्वको संरक्षणमा सदैव दृढ उभिने, संगठन निर्माण र महिला सहभागितालाई व्यवहारमा स्थापित गर्ने अनुकरणीय नेतृत्वलाई सशक्त जिम्मेवारीमा पुर्‍याउनु ११औँ राष्ट्रिय महाधिवेशनको ऐतिहासिक दायित्व रहेकाे ओलीले बताईन ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *