
काठमाण्डौं – विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे सचिवालय बैठक बस्ने भएकाे छ। आज दिउँसो ३ बजे ललितपुर, च्यासल स्थित पार्टी केन्द्रिय कार्यालयमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए।
सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संसोधनकोे एजेण्डा सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएका हुन। निर्वाचन यता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुबै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका हुन्।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७