कर्णाली नदीमा बालिकाको शव फेला

Spread the love

कर्णाली नदीमा बालिकाको शव फेला

लम्की – कर्णाली नदीमा बिहीबार एक बालिकाको शव फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका ०३ गोराङ्गे स्थित कर्णाली नदीको पश्चिम भँगालोमा अन्दाजी १२ वर्षीया बालिकाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वन तर्फको भागबाट र्‍याफ्टिङको सहायता मार्फत बालिकाको शव निकाली टिकापुर अस्पताल लगिएको छ । शव पहिचान गर्न नसकिने अवस्थामा रहेको उहाँले बताए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *