कैलाली २ मा नेकपाका नन्द बहादुर साउदसहित १० उम्मेदवारको जमानत जफत

Spread the love

कैलाली २ मा नेकपाका नन्द बहादुर साउदसहित १० उम्मेदवारको जमानत जफत

लम्की – प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीकाका उम्मेदवार नन्द बहादुर साउँदसहित १० जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । उक्त ऐनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफात हुने व्यवस्था छ ।

कैलाली क्षेत्र नम्बर २ मा कुल ५२ हजार ६ सय ३७ मत सदर हुँदा धरौटी जोगाउन ५ हजार २ सय ६४ मत प्राप्त गर्नुपर्ने थियो । नेकपाका साउँदले भने ४ हजार ३ सय ६९ मत मात्रै पाए ।

यो क्षेत्रमा रास्वपाका केपी खनाल विजयी हुँदा एमाले का सुर्य बहादुर थापा, कांग्रेसका विजय स्वार र नागरिक उन्मुक्ती पार्टीका पतिराम चौधरीले मात्रै जमानत जोगाएका छन् ।

 

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *