
चन्द्र प्रकाश रोकायले आफ्नो जन्म दिनको अवसरमा १०० जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा दिँदै
काठमाण्डौँ – काठमाण्डौँकोे बागबजारस्थित हिमालयन एग्रिकल्चरल इन्स्टिच्युटले संस्थाका निर्देशक चन्द्र प्रकाश रोकायको जन्मदिनको अवसरमा १०० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
संस्थाले निर्देशक राेकायकाे जन्मदिनकाे अवसरमा करिब ८ लाख रुपैयाँ बराबरको निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
बुधबार संस्थाले जारी गरेको सूचनाअनुसार सातवटै प्रदेशबाट १० जनाकाे दरले ७० जना र रुकुम पश्चिम स्थायी घरभएका ३० जना गरी जम्मा १०० जना विद्यार्थीलाई कृषि तथा भेटेरिनरी विषयको चौथो र पाँचौँ तहका अनलाइन कक्षामा सहभागी गराइनेछ।
गत बर्ष ४५ जना विद्यार्थीहरुलाई निशुल्क रुपमा साेहि कक्षा सञ्चालन गरिएको थियो ।
कार्यक्रमअन्तर्गत कक्षाको शुल्कमध्ये ५० प्रतिशत संस्थाले व्यहोर्ने र बाँकी ५० प्रतिशत निर्देशक रोकायाले व्यक्तिगत रूपमा व्यहोर्ने जनाइएको छ। निःशुल्क कक्षा पाँच महिनासम्म सञ्चालन हुने र इच्छुक विद्यार्थीले सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र निवेदन दिनुपर्ने बताइएको छ।
संस्थाले लोकसेवा आयोगको परीक्षा दिएका, आर्थिक अवस्था कमजोर भएका तथा अन्य तोकिएका मापदण्ड पूरा गर्ने विद्यार्थीलाई प्राथमिकता दिइने जनाएको छ।
साथै कृषि, भेटेरिनरी तथा अन्य तहका अनलाइन कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई ३० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७