जानकी गाउँपालिकाको १५औं गाउँसभा (हिउँदे अधिवेशन) को पहिलो बैठक सम्पन्न

Spread the love

लम्की – जानकी गाउँपालिकाको १५ औं गाउँसभा (हिउँदे अधिवेशन) को पहिलो बैठक आज सम्पन्न भएको छ ।

मिति २०८१ साल पौष २१ गते जानकी गाउँ कार्यपालिकाले आ.व. २०८१/०८२ को लागि संशोधन भएको कार्यक्रमहरु सभाले पारित गरेको छ, त्यसैगरी विभिन्न मितिमा जानकी गाउँपालिकाको गाउँ कार्यपालिका बैठकको गाउँसभाले अनुमोदन गर्नुपर्ने निर्णय आज सम्पन्न भएको गाउँसभाले अनुमोदन गरेको छ ।

साथै “जानकी गाउँपालिकालाई थारु लोककलाको हब” बनाउने सम्बन्धी प्रस्ताव समेत गाउँसभाले पारित गरेको छ । जानकी गाउँपालिकाको वडा नं. ३ मा अवस्थित सुवर्णपुर खेल मैदानमा आधुनिक स्मार्ट सौचालय निर्माण गर्ने कार्य गाउँसभाद्वारा अनुमोदन भएको थियो । अधिवेशनमा जानकी गाउँपालिकाको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक, २०८१ पेश भएको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *