जानकी गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनायो 

Spread the love

जानकी गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनायो ।

लम्की – आज मिति २०८१।११।२४ गतेका दिन जानकी गाउँपालिका गाउँकार्यपालिकाका उपाध्यक्ष लालमति देवि कठरियाज्यूको अध्यक्षता, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीज्यूको विशिष्ट आतिथ्यतामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस राष्ट्रिय नारा “सवै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण” र अन्तर्राष्ट्रिय नारा “TO ALL WOMEN AND GIRLS : RIGHT, EQUALITY AND EMPOWERMENT” का साथ सम्पन्न गरिएको छ।

कार्यक्रममा मा.वि. स्तरिय छात्रा वक्तृत्वकला प्रतियोगिता “सानै छु म बढ्न देउ,बालविवाह होईन पढ्न देउ” शिर्षकमा संचालन गरिएको थियो जसमा प्रथम स्थान हासिल गर्न सफल जनता नमुना मा.वि. मुनुवा कि छात्रा विमला कुमारी कुडमाल, द्वितीय स्थान बाल ज्योति मा.वि. जगतपुर कि छात्रा भावना भण्डारी र तृतीय स्थान हिमालय रा.मा.वि. अमरावती कि छात्रा पुष्पा न्यौपाने प्राप्त गर्नु भएको थियो प्रतियोगितामा ८ वटा विद्यालय सहभागि रहेका थिए।

बिजेता बिध्यार्थीहरुलाई सम्मानपत्र, नगद, बिधालय ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ। प्रतियोगितामा निर्णायक गोमा बोहरा, ओम प्रकाश चौधरी र कृष्ण प्रसाद देवकोटा रहनु भएको थियो।

कार्यक्रममा पालिका स्तरका महिला दिदिबहिनिहरु बिच डोरी तान्ने प्रतियोगिता संचालन गरियो कार्यक्रममा ८ वटा समुह सहभागि भएका थिए जसमा प्रथम स्थान वडाँ नं. ७, द्वितीय स्थान वडाँ नं. ३ र तृतीय स्थान वडाँ नं. ४ को समुहले प्राप्त गर्नु भएको थियो उक्त प्रतियोगिता संचालन दिपक कुमार दाश र नेत्र प्रसाद न्यौपानेज्यूले गर्नु भएको थियो। बिजेताले नगद रकम र सम्मानपत्र प्राप्त गर्नु भयो।

त्यसैगरी यसै कार्यक्रममा शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बाल ज्योति मा.वि. की छात्रा भावना भण्डारी र SEE-२०८० मा उत्कृष्ट नतिजा ल्याउन सफल अरुणोदय मा.वि. कि छात्रा शलेसा खड्का लाई नगद र सम्मानपत्र प्रदान गरिएको छ।

साथै जानकी गा.पा.मा अध्ययनरत बिधार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि विभिन्न क्रियाकलापहरु आयोजना गरिदै आईएको छ। आजको महिला दिवस कार्यक्रममा “सानै छु बढ्न देउ, बाल विवाह हैन पढ्न देउ” भन्ने शिर्षकमा मा.वि. स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। सो प्रतियोगिता दौरान अरुणोदय मा.वि. खैरिफाँटका कि छात्रा रिता सुनार र जनता नमुना मा.वि. मुनुवा कि छात्रा कमला साउदले सांगितिक प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रममा जानकी गा.पा.का वडाँ अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, शिक्षक/शिक्षिकाज्यूहरु, विभन्न संघ संस्थाका प्रतिनिधि, महिला दिदिबहिनिहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन तथा उद्घोषण महिला शाखा प्रमुख यमुना बिष्टले गर्नु भयो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *