
जोशीपुरमा स्कूल बसको स्टेरिङ फेल: उछिट्टिएर पुग्यो खेतमा
कैलालीको जोशीपुरमा एक निजी विद्यालयको स्कुल बस अनियन्त्रीत भएर सडक छेउको नाला खसेको छ। विद्यार्थी लिन हिँडेको सिमरी स्थित बौनिया ब्राइट फ्युचर पब्लिक स्कूलको बस बिहान करिब ६ बजे तिर वडा नं ५ बनकट्टा र सिमरानाको बिच सडकखण्डमा दुघर्टना भएको हो। स्थनीय प्रत्यक्षदर्शीका अनुसार बस ओभर स्पीडका कारण मोडमा चालकले बस नियन्त्रण गर्न सकेनन्। विद्यार्थी लिन गइरहेको हुनाले बस चालक र एक जना स्टाप मात्रै रहेकोले कुनै मानविय क्षति नभएको बिद्यालयका फाउन्डर पुष्कर मल्लले जानकारी दिनुभयो।
नालामा फसेको स्कूल बसलाई क्रेन र जेसिबीको सहायताले बाहिर निकालियो। दुर्घट्ना कसरी हुन पुग्यो भनेर सोधपुछ गर्दा “मोडमा गाड़ी गुमाउन खोज्दा स्टेरिङले काम गरेन अनि बस सिधै सडक छेउको नालामा पस्यो”। बस चालक राजकुमार बोहराले भने। “गाड़ी नालीबाट निकाली सकेपछि मात्रै जोईन्ट किला झरेर स्टेरिङ फेल भई उछिट्टिएर बस नाली नाघेर खेतमा पुगेको भन्ने चालक बोहरा थाहा पाएको बताए । ग्रामीण कच्ची बाटोमा ओभर स्पीडमा बस गुडाउने लगायतका गुनासो र साईड नहेरी बाटो क्रस गर्दा मोटरसाईकल लाई ठक्कर दिई सामान्य दुघर्टना समेत भैसकेको छ ।
पछिल्लाे समयमा स्कूल बस दुघर्टना बढ्दै गएको र यसले अभिभावकहरुलाई चिन्तित बनाएको छ। टाढा टाढाका बिद्यार्थीहरू आफ्नो बिद्यालयमा ल्याउने उद्देश्यले निजी क्षेत्रका विद्यालयहरुले बस सञ्चालन गरेको तर चालकको लापरवाहीका कारण पछिल्ला समयमा स्कूल बसको दुर्घट्नामा बढोत्तरी भइरहेकाे छ। दिनप्रतिदिन यस्ता घटनाले आफ्ना बालबालिकालाई बसमा विद्यालय पठाउने अभिभावक आफ्नो बच्चालाई असुरक्षित महसुस गरिरहेका छन्।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७