टीकापुर उद्योग वाणिज्य संघको महासचिवमा युवा उद्यमी तिमिल्सिनाको उम्मेदवारी घोषणा

Spread the love

टीकापुर उद्योग वाणिज्य संघको महासचिवमा युवा उद्यमी तिमिल्सिनाको उम्मेदवारी घोषणा

लम्की/ भाद्र-५ – टीकापुरका युवा उद्यमी प्रकाश तिमिल्सिनाले टिकापुर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वको लागि महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी भाद्र १५ गते हुने टिकापुर उद्योग वाणिज्य सङ्घको साधारण सभापछि आगामी नेतृत्वका लागि हुने निर्वाचनमा तिमिल्सिनाले उम्मेदवारी घोषणा गरेका हुन् ।

तिमिल्सिना यस भन्दा अघि टीकापुर उद्योग वाणिज्य सङ्घको सदस्य पदमा कार्यरत हुनुहुन्थ्यो । तिमिल्सिना टीकापुर मा रहेको महालक्ष्मी गार्मेन्ट उद्योग, महालक्ष्मी फुड प्रोडक्ट लगायतका व्यवसायको सञ्चालक हुनुहुन्छ । विशेषगरी युवा उद्यमशीलताका क्षेत्रमा टीकापुरमा चर्चित रहेका तिमिल्सेना आफ्नो कलिलो उमेर १८ वर्षदेखि नै उद्यमशीलतातर्फ लाग्नुभएको थियो।

सर्वप्रथम महालक्ष्मी फुड प्रोडक्टबाट व्यवसाय सुरु गरेका तिमिल्सिना टीकापुरको चर्चित महालक्ष्मी गार्मेन्टका सञ्चालक हुनुहुन्छ । विशेष गरिकन घरेलु उद्योगबाट रोजगारी प्रवर्धन गर्न सकिन्छ भन्ने विश्वासका साथ आफू व्यवसायमा लागेको र अझै धेरै गर्न सकिने आफूसँग सपना रहेको तिमिल्सेना बताउनुहुन्छ ।
“मलाई घरेलु साना उद्योग सञ्चालन गर्नुभन्दा घरजग्गाको कारोबारमा बढी फाइदा हुन्थ्यो होला, तर स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्छ र उत्पादनले रोजगारी सिर्जना गर्दछ भन्ने मान्यताले म सानै भएपनि उद्योग सञ्चालन गर्नतिर लागेँ” तिमिल्सिनाले भन्नुभयो ।

अहिले महालक्ष्मी गार्मेन्ट र फुड प्रोडक्टमा पूर्णकालीन र आंशिक गरी करिब ५० जनाभन्दा बढीले नियमित रोजगारी पाइरहेको उहाँको भनाइ छ। आफू जीवनको किशोरावस्था देखि नै टीकापुरमा व्यवसाय गरेर व्यवसायीका समस्याका बारेमा प्रत्यक्ष रुपमा जानकार भएकोले र कैयौँ समस्या आफैंले भोगेको हुनाले उद्योग वाणिज्य सङ्घको महासचिवमा आफू निर्वाचित भएमा व्यापारीहरूको हकहितका साथै व्यापार र उत्पादनका क्षेत्रमा आफूसँग भएको योग्यता र अनुभवले समग्र टीकापुरको व्यापार प्रवर्धनका निम्ति योगदान गर्ने चाहना हुँदा महासचिवमा आफूले दाबी प्रस्तुत गरेको तिमिल्सेना बताउनुहुन्छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *