दलितका लागि दलित अभियान केन्द्रीय समितिद्धारा गृहमन्त्रीको राजीनामा माग

Spread the love

कैलाली – गृहमन्त्रीलाई कारबाहीको माग गर्दै दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतले नेपाली राज दूतावासमा बुझायो ज्ञापनपत्र ।

दलितका लागि दलित अभियान केन्द्रीय समिति भारत द्वारा नेपाली राजदुतावास नयाँ दिल्ली कार्यालय मा गृहमन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापन-पत्र बुझाएको छ। सोमबार नेपाली राजदूतावास कार्यालय नयाँ दिल्ली का प्रमुख अधिकारी सांस्कृतिक काउन्सिलर गोकुल बस्नेत मार्फत नेपाल सरकारलाई पत्र बुझाइएको हो।

अन्तरजातीय बिबाह गरेका सर्लाहीका सतेन्द्र राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनको दुरुपयोग गरि जातीय हिंसा, अन्या र अत्याचार गरेको विषयमा ज्ञापन पत्र बुझाइएको दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य सुसिल ओखेडा ले जानकारी दिनुभयो ।

“गृहमन्त्री जस्तो पदमा रहेको व्यक्तिबाट भएको जातीय हिंसा तथा अत्याचारले समाजमा घृणा पैदा गएको र यस्तो खालको कदम समजमा भोलि जातीय द्वन्द्व सिर्जना हुने भएकाले तत्काल गृहमन्त्री लेखकलाई पदबाट बर्खास्त गरि सरकारको ध्यानाकर्षण गराउदछौ” उक्त पत्रमा भनिएको छ।

दलितका लागि दलित अभियान केन्द्रीय समिति का पदाधिकारी ज्यूहरूको उपस्थित रहेको थियो। दलितका लागि दलित अभियान केन्द्रीय समिति सचिव तथा युवा तथा खेलकुद प्रमुख शेर बहादुर विश्वकर्मा, बालबालिका तथा महिला प्रमुख मन्जु सेवा, केन्द्रीय कमिटी सदस्य तथा दिल्ली राज्य इन्चार्ज दिपक शिलाल केन्द्रीय कमिटी सदस्य तथा दिल्ली राज्य सह इन्चार्ज महेन्द्र सिंह सार्की  केन्द्रीय कमिटी सदस्य अनिल बिक, दिल्ली राज्य अध्यक्ष गोविन्द बिक, नरेंद्र नेपाली, सलाकार तारा नेपाली महिला प्रमुख, नरेश नेपाली आर्थिक प्रमुख, लोकेशन नेपाली जिल्ला इन्चार्ज तिलक नगर, बिनोद आउजी राज्य नेपाली सदस्य तिलक नगर जिल्ला सदस्य बिस्ना देबी शिलाल, केन्द्रीय कमिटी सदस्य सुशील ओखेडा  शिलाल दलित अभियान्ताहरु पदाधिकारी लगायतको उपस्तिथि थियो।

दलिका लागि दलित अभियान केन्द्रीय समिति सदस्य सुसिल ओखेडाले हामीलाई जानकारी दिनुभएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *