भरत रिमाल/कैलाली – जुम्ला जिल्ला ताताेपानी गाउँपालिका वडा नं.५ का यूवा टक्क नेपालीले आफ्नाे घरमा जहाज बनाउन थालेका छन् । ताताेपानी-६ हियाखाेला स्थित कर्णाली राजमार्गबाट जुम्ला बजार तर्फकाे यात्रा गर्दा दायाँतिरकाे घरकाे छतमा जहाज निर्माण भएकाे छ ।
आफ्नाे सीप कला क्षामता र अन्बेषणबाट जुम्लालाई चिनाउने लक्ष्य सहित अन्बेषणमा जुटिरहेका टक्कले दुनियाँलाई ‘छक्क’ बनाउने गरि आफ्नाे क्षामता प्रर्दशन गरिरहेका छन् ।
२०७४ सालमा यूटुब हेरेर प्याराग्लाईडिङ निर्माण गरि उडाएका टक्कले आफ्नाे क्षामता र सीपले फेरि दुनियाँलाई देखाउन घरकाे छतमाथि जहाज बनाउन थालेका हुन् ।
आफ्नै तीन तले घरकाे छतमा बनाउदैँ गरेकाे जहाज अन्तिम चरणमा पुगेकाे छ । निर्माण नसकिदैँ जहाज संग फाेटाे खिच्ने र भिडियाे बनाउनेकाे घुईचाे छ ।
थुप्रै यूवाहरु आफ्नाे सीप क्षामतालाई थन्काएर खाडी हानिएका छन् ।स्वदेशमा सम्भावना नदेखेर दक्षता र सीप खाडीमा खर्चिरहेका छन् ।
तिनै यूवाहरुका प्रेरणा बन्न टक्क नेपालीले स्वदेशमै विभिन्न अन्बेषणका काम गरिरहेका छन् । आफ्नाे सीप क्षमता देखाउनुनै अन्य यूवालाई उत्प्रेरणा दिनु भन्नूे हाे भन्ने टक्ककाे धारणा छ ।
उनकाे क्षामता,अन्बेषण कला सीप र दक्षताले धेरैले टक्कलाई यूवा वैज्ञानिककाे रुपमा बयान गर्छन् । यदपी उनकाे ओैचारिक अध्ययन भने १२ कक्षा पास हाे ।
उनले घरकाे पारिवारिक स्थिती कमजाेर भएकाेले उच्च शिक्षा हासिल गर्न सकेनन् । साथैदेखी अन्बेषणमा रुचि भएका टक्क जे परिकल्पना गर्छन्,त्यसलाई बास्तविकता बदल्छन् । उनकाे मन भित्रकाे कल्पना,दृढ ईच्छा शक्तिले ओैपचारिक शिक्षाकाे कुनै आबश्यकता परेन् ।
डिग्री पास गरेर स्वदेशमा सम्भावना नदेखी विदेश हानिएकाहरुका लागि १२ कक्षा मात्रै पास गरेका टक्क प्रेरणा मात्र बनेका छैनन् । ओैपचारिक शिक्षा भन्दा दृढ ईच्छा शक्ति भएमा मान्छे सफल हुन्छ भन्ने उदाहरण पनि बनेका छन् ।
तथापी उनकाे अन्बेषण यात्रालाई सरकारी तबरबाट अपेक्षाकृत सहयाेग पुगेकाे छैन् । २०७४ सालमा आफै बनाएर जुम्लाकाे आकाशमा प्याराग्लाईडकाे परिक्षण उडान गरे ।
परिक्षण उडान सफल भएपनि व्यवसायिक उडानका लागि तीनै तहका सरकारले अनुमति दिएनन् । प्राेत्साहन गर्नु त परै जावस,उडानकाे अनुमति नपाउँदा जुम्लाकाे आकाशमा जुम्लामै निर्मित प्याराग्लाईड उडाउने उनकाे सपना अधुरै रह्याे ।
ठ्याक्कै ८ वर्षपछि फेरि टक्कले दुनियाँलाई छक्क बनाउने गरि आफ्नै घरमाथि जहाज निर्माण गरेका छन् । उनी भन्छन,’याे मेराे कल्पना र सृजना हाे । मेराे सिपबाटै दुनियाँबाटै चिनिन चाहान्छु । उड्ने जहाज बनाउने धाेकाे यथावतनै छ । याे नेपाली ध्वजा बाहक जहाजकाे सम्मान स्वरुप बनाएकाे प्रतिमा हाे । याे प्रतिमाले जिल्लाई देशमा चिनाउने लक्ष्य छ ।’
हालसम्म जहाज निर्माणमा करिब डेढ लाख खर्च भएकाे छ । सिमेन्ट,सरिया लगायतका निर्माण सामग्री प्रयाेग भएकाे छ । सबै आफूले डिजाईन दिएर एक मिस्त्रीलाई राखेर जहाज तयार हुँदै छ । जहाज निर्माणकाे काम ९० प्रतिशत सम्पन्न भईसकेकाे छ ।
टक्क आफ्नाे र घरकाे पहिचान जहाजले देवस भन्ने चाहान्छन् । ताताेपानीका पनि एक पहिचान बन्न सक्छ। उनी भन्छन्,’हामीले धेरै ठाउँमा कतै शंख,कतै त्रिशूलकाे प्रतिमा बनाईएकाे हुन्छ । जुम्लालाई चिनाउन मैले जहाज बनाए । यसले पक्कै पनि ठाउँकाे पहिचानलाई स्थापित गर्न मद्वत पुग्ने छ । अझ यहाँ कपी सप खाेलेर घुम्न आउनेलाई थप सेवा प्रदान गर्ने साेच छ । तर आर्थिक अभावले खुम्चीएकाे छु ।’
जहाज निर्माणमा खटिएका मिस्त्रीकाे ज्याला तिर्ने पैसाकाे जाेहाे गर्न मुस्किल भएकाे उनकाे दुखेसाे छ । आफूले डिजाईन दिएर निर्माणमा खटाएका मिस्त्रीकाे ज्याला दिने रकम कतैबाट सहयाेग पाउन पाए सहज हुने उनकाे अपेक्षा छ ।
ईन्जिनिरियङ बारे ओैपचारिक शिक्षा नलिएका उनकाे चमत्कारी कामले स्थानीय चकित मात्रै छैनन्,जुम्लामै प्रतिभावान यूवा जन्मीएकाेमा गाैर्वभान्वित समेत छन् ।
उड्ने जहाज निर्माणकाे तयारी
प्याराग्लाईड,जहाजकाे प्रतिमा निर्माणपछि ताताेपानी-५ का टक्क नेपालीले उड्ने जहाँज निर्माणकाे तयारी गरेका छन् । चाडै जुम्लाकाे आकाशका उडाउने लक्ष्य सहित तयारी भईरहेकाे बताए ।
हुन त प्याग्लाईडिङ बनाएकै थिए । अनुमति पाईन् । उनले भने,’उड्ने जहाज बनाउने मेराे धाेकाे छ । बनाएरै छाड्छु । अनुमति पाएकाे खण्डमा ताताेपानी-५ हियाखाेलाबाट पूर्वपट्टी रहेकाे जुम्ला विमानस्थलमा अवतरण गर्ने साेच छ । पूरा पनि गर्ने संकल्प छ । केही सामाग्री बनिसकेका छन्। । केही सामाग्री बनाउन बाँकी छ ।’
उड्ने जहाज बनाउन्छु भन्ने मेराे आत्म विश्वास छ । यसमा खर्च अलि बढी लाग्ने भएकाेले सबैकाे साथ सहयाेगकाे अपेक्षा गरेकाे उल्लेख गरे । उड्ने जहाजका लागि पंखा समेत बनाएर तयार भईसकेका छन् ।
स्थानीय स्राेत साधनकाे अधिकतम् प्रयाेग गर्ने र अपुग सामाग्री चीनबाट मगाएर पनि उड्ने जहाज बनाएरै छाड्ने टक्ककाे संकल्प छ ।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँईले अन्वेषण तथा नवप्रवदात्मक काममा पालिकाले सक्दाे सहयाेग गर्ने बताएका छन् । निर्माणधिन जहाजकाे अवलाेकनपछि कला र क्षामताकाे सम्मान स्वरुप सहयाेग गर्ने बताएकाे टक्कले जानकारी दिए ।
यसैबीच यूवा वैज्ञानिक टक्क नेपालीले आफ्नाे अन्वेषणकै कासण थुप्रै राष्टि्य पुरस्कार पाईसकेका छन् । आधा दर्जनबढी पुरस्कार तथा सम्मान पाईसकेका टक्क अब आफ्नाे सीप क्षामतामा लगानीकाे खाेजीमा छन् ।
यदपी हाल सम्म उनले राष्टि्य यूवा प्रतिभा पुरस्कार, राष्टि्य उद्यमी पुरस्कार, यूथ ईनाेभेसन आईडिया पुरस्कार पाएका छन् । भने त्यस्तै जिल्ला खेलकुल विकास समिति मार्फत,कनकासुन्दरी गाउँपालिका,राष्टि्य यूवा पुरस्कार, सामाजिक विकास मन्त्रालय मार्फत पुरस्कार लगायत थुप्रै पुरस्कार पाईसकेका छन् ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७