लम्की – धनगढीबाट आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता र बर्ष ३४ का सुमित बर्मालाई पक्राउ गरेको हो।
आइतबार बिहान विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्दा सो सुन बरामद गरेको हो । उनीहरुको साथबाट नगदसहितका केही अन्य सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७