
धनगढी – कैलाली जिल्ला धनगढी उपहानगरपालिका ०८ क्याम्पस चोकबाट ४ जना लागु औषध सहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी ०३ का २२ वर्षिय विषेश शर्मा, २३ वर्षिय तिलक शर्म, धनगढी ०४ का नविन शाही र धनगढी ०८ का ३० वर्षिय राजु खड्का पक्राउ परेका छन्।
उनीहरूको साथबाट ९९० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले कैलालीबाट खटिएको प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७