
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ जना घाइते !
धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँ तर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो ।
दुर्घटना लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार सहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।
डिआइजी भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको छ ।
दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७