कैलालीको लम्कीचुहा नगरपालिका नगरप्रमुख सुशिला शाहीको पहलमा स्वास्थ्य विभाग टेकु र स्वास्थ्य सेवा विभाग पथलैया स्टोर, बारा बाट करिव १५ लाख बराबरको स्वास्थ्य सामाग्री जस्तै: जनरल बेड, डेलिभेरी बेड, इसिजी मेसिन, अक्सिजन सिलिन्डर, डेलिभेरी ग्लास, बिपि सेट ,नेबुलाइजर मेसिन, कन्ट्रीफ्युज मेसिन ,Niddle cutter ,hot air oven लगायतका सामाग्री लम्कीचुहा अस्पताललाई मेयर शाहीकोे विशेष पहलमा सामाग्री ल्याउनु भएको छ।
मेयर शाही स्वयम् आफैले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल लगायत स्वास्थ्य सेवा विभागका कर्मचारी संग पहल गरी सामाग्री ल्याउनु भएको हो।
भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७