नागढुंगा – नौबिसे सडक खण्डको पहिरोबाट निकालियो १४ जनाको शव

Spread the love

नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।

शनिबार अविरल वर्षाका कारण त्रिभुवन राजमार्ग अन्तर्गत चन्दागिरी नगरपालिका वडा नम्बर २ र धादिङको सिमानामा पर्ने नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरो झरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *