नेपाल लाइब्रेरी फाउन्डेशन र अरुणोदय माविकोे समन्वयमा वक्तृत्वकला सम्पन्न

Spread the love

नेपाल लाइब्रेरी फाउन्डेशन र अरुणोदय माविकोे समन्वयमा वक्तृत्वकला सम्पन्न

लम्की – नेपाल लाइब्रेरी फाउन्डेसन, नेपाल गृह पुस्तकालय अभियान सुदुरपश्चिम् प्रदेश समन्वय समितिको आयोजना तथा श्री अरुणोदय माध्यमिक विद्यालय जानकी ०९, खैरिफाँटा, कैलालीको सहकार्यमा अठारौं पुस्तकालय दिवस कोे अवसरमा “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने मुल नाराका साथ हिँजो  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका माझमा “पठन संस्कृति प्रबर्द्धनमा पुस्तकालयको महत्व” भन्ने शीर्षक मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । जुन प्रतियोगितामा हेलन भाट प्रथम, रितेश भाट द्वितिय र सागर जैशी तृतिय स्थान भएका छन् ।

कार्यक्रम नेपाल लाइब्रेरी फाउन्डेसन गृह पुस्तकालय अभियान सुदुर पश्चिम् संयोजक कपिल राज भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक टेक बहादुर धामी, अभिभावक कमल बहादुर शाही, ९ न वडा सदस्य तेज बहादुर रावल लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *