पहिरोसँगै आएको लेदोका कारण नौबिसे-नागढुंगा सडक अवरुद्ध

Spread the love

काठमाण्डौं – धादिङको धुनिबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण धादिङको नौबिसे नागढुंगा खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोको लेदोको कारण सडक अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौं भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि आएको पहिरो बाट झरेको लेदो सडकमा आउँदा अवरुद्ध भएको हो । पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएको कारण पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ ।

काठमाडौं प्रवेशद्धार छेवैमा सडक अवरुद्ध हुँदा संघीय राजधानी प्रदेश गर्ने र बाहिरने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउन समय लाग्ने भएकोले काठमाडौं प्रवेश गर्ने साना सवारी धार्के सितापाइला सडकको प्रयोग गर्न सक्ने छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *