पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो

Spread the love

भरत रिमाल/कैलाली

पाकिस्तानको आक्रमणको असर जारी आईपीएलमा पनि परेको छ । आक्रमणका कारण धर्मशाला मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल रोकिएको छ ।

मैदानका सबै फ्लडलाइटहरू निभेका छन् र त्यहाँबाट सबैलाई खाली गराइएको छ । खेल रोकिँदासम्म पञ्जाबले १० दशमलव १ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको छ ।

प्रभसिमरन सिंह र श्रेयस अय्यर क्रिजमा छन् । प्रियांश आर्य ७० रन बनाएर आउट भए । उनी टी नटराजनको बलिङमा माधव तिवारीको हातबाट क्याच आउट भएका थिए ।

पञ्जाबको १५ अङ्क छ र दिल्लीविरुद्ध जितले ऊ प्लेअफको धेरै नजिक पुग्नेछ । दिल्लीको ११ खेलबाट १३ अङ्क छ । यदि यो खेल हारे ऊ प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *