प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रिय गौरव आयोजनाको उद्घाटन, सुदूरपश्चिम समृद्धिका लागि ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
कैलाली, श्रावण १३ — राष्ट्रिय गौरवको आयोजना रानिजमरा कुलरिया सिचाइ परियोजना अन्तर्गत चिसापानी इन्टेकको अनुगमन तथा ४.७१ मेगावाट क्षमताको कटासे हाईड्रोपावरको समुद्घाटन कार्यक्रम सोमबार, श्रावण १३ गते, सुदूरपश्चिमको टुरमुकाम, कैलाली मा सम्पन्न भएको छ। कार्यक्रममा सम्माननीय प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष क. केपी शर्मा ओलीज्यू प्रमुख आतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमको अवसरमा नेकपा (एमाले) कैलाली क्षेत्र नं. २ ले प्रधानमन्त्रीज्यू समक्ष एक औपचारिक ७ बुँदे ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशको समावेशी विकास, संरचनात्मक समृद्धि र आत्मनिर्भर भविष्यको दिशामा केन्द्र सरकारको रणनीतिक ध्यानाकर्षण गराएको छ।
ध्यानाकर्षण पत्रका प्रमुख ७ बुँदाहरू:
१. डुडेझारी औद्योगिक क्षेत्रको शीघ्र कार्यान्वयनमार्फत रोजगारी सिर्जना र क्षेत्रीय औद्योगिकरणमा टेवा पु¥याउने।
२. चिसापानी–गड्डाचौकी ६ लेन मार्गको निर्माण तत्काल अघि बढाइ रणनीतिक पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति सुनिश्चित गर्ने।
३. सेती लोकमार्गलाई त्रीदेशीय वैकल्पिक जीवनरेखाको रूपमा स्वीकार गरी पर्याप्त बजेट विनियोजनको माग।
४. चिसापानी–कुईने–जंगलघाट–मंगलसेन सडकको शीघ्र स्तरोन्नति गर्दै भौगोलिक पहुँच र सामाजिक न्यायको प्रत्याभूति सुनिश्चित गर्ने।
५. सुदूरपश्चिम विश्वविद्यालयद्वारा २०७३ सालमा पारित १३ प्रस्तावित आंगिक क्याम्पसहरूलाई तत्काल कार्यान्वयनमा ल्याउने आग्रह।
६. मोहोन्यालस्थित मालिकादेवी धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि बजेट र नीति निर्माणको अपेक्षा।
७. बर्दगोरिया गाउँपालिकाको लागि बृहत तटबन्धन परियोजना सञ्चालन गरी बाढी तथा प्राकृतिक विपद् जोखिम न्यूनीकरण।
स्थानीय जनताको आभारी स्वागत
यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) कैलाली क्षेत्र नं. २ ले सम्पूर्ण क्षेत्रबासी जनताको तर्फबाट प्रधानमन्त्री ओलीप्रति हार्दिक स्वागत, कृतज्ञता र अभिनन्दन प्रकट गरेको छ। आयोजनाको उद्घाटनले सुदूरपश्चिममा विकासको नयाँ सम्भावनाको ढोका खोलेको उल्लेख गर्दै स्थानीय जनताले आशावादी दृष्टिकोण व्यक्त गरेका छन्।
ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरू सुदूरपश्चिमको भौगोलिक सन्तुलन, पूर्वाधार सशक्तीकरण र संघीयताको मर्मअनुरूप सेवा प्रवाह सुदृढ गर्न महत्वपूर्ण हुने जनाइएको छ।
सरकारको सक्रियता प्रति विश्वास
पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् कि प्रधानमन्त्री ओलीको नेतृत्वमा संघीय सरकारले यी मागहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै नीतिगत निर्णय र कार्यान्वयन तहमा शीघ्र प्रक्रिया अगाडि बढाउने छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७