प्रधानमन्त्री ओलीसँग रश्मिलाको प्रश्न: ऐन महरलाई कहिले कारबाही हुन्छ?

Spread the love

काठमाडौँ – नेकपा एमाले नेता ऐन महरलाई कारबाहीको लागि पीडित रश्मिला धामीले प्रधानमन्त्री केपी ओलीसँग माग गरेकी छन् । धामीले बुधवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महरबाट आफू र आफ्नो परिवार असुरक्षित भएको दाबी गरेकी छन् ।

न्यायको खोजीमा लामो समयदेखि भौँतारिरहेका पीडित धामीलाई मङ्गलवार आमरण अनसन स्थलमा महरकी श्रीमती राजमति बम ‘रक्षा’को टोलीले प्रहरी सामु आक्रमण गरेपछि उनले न्यायको लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई न्याय तथा सुरक्षाको लागि धामीले सार्वजनिक अपिल गरेकी हुन् ।

धामीले भनिन्,‘म र अभियन्ता आरती रावल गिरीलाई प्रहरीकै अगाडी कुटपिट भयो, के हामीले सडकमा पनि धर्ना बस्न नपाइने हो रु एमाले पार्टीको खोल ओढेर, सत्ता र शक्तिको बलमा हामीलाई मार्ने षड्यन्त्र गरिरहेको छ ?’

एकातिर कतैबाट पनि न्याय नपाउने र अर्कोतिर सोही कारणले आफ्नो  घरबार बिग्रिएको बताउँदै धामीले भनिन्, ‘सम्बन्ध विच्छेद गरिसकेको मेरो श्रीमान् र घर परिवारलाई धम्काउने, हातहतियार देखाउने मात्रै हैन, मेरो नाबालक १० वर्षको छोरालाई समेत मानसिक यातना दिएको छ, अब म के गरूँ ?’

ऐन महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोप धामीले लगाइन् । उच्च अदालत पाटनमा विगत डेढ वर्षदेखि ऐन महरविरुद्धको जबरजस्ती करणी मुद्दा चलिरहेको छ । धामीले न्यायमा ढिलाइ र निष्कर्षमा नपुगेकाले आफू आमरण अनसनमा बस्न बाध्य भएको बताएकी छन् । यस अघि धामीले न्याय नपाएको भन्दै आत्मदाह गर्ने प्रयास गरेका थिइन् ।

त्यसै गरी अभियन्ता आरती रावल गिरीले नेपालमा ऐन महर जस्ता हरेक पार्टीमा रहेको र तिनीहरूलाई नेताहरूले नै संरक्षण गरेको आरोप लगाइन् । स्रोत: रातोपाटी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *