लम्की – लम्कीमा रहेको बालकल्याण माविमा इको क्लबका विद्यार्थीहरुलाई संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १, भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा आज मंगलबार इको क्लबका विद्यार्थीहरुको क्षमता विकासका लागि संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
विद्यालयमा गठीत इको क्लबको आयोजना एवम् एकीकृत भु-परिधि व्यवस्थापन आयोजना ( इलम प्रोजेक्ट ) वन परिसर, बबरमहल, काठमाडौको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रममा इको क्लबको परिचय, अवधारणा , ऐतिहासिक पृष्ठभुमि , इको क्लबको काम, कर्तव्य र अधिकार , हरित विद्यालयको परिचय, हरित विद्यालय निर्माणमा इको क्लबको भुमिका , कर्णाली करिडोर , कैलाली जिल्लामा वन वन्यजन्तुको अवस्था , समस्या अवसर र चुनौतीहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
अभिमुखिकरण कार्यक्रममा सब डिभिजन वन कार्यालय लम्कीका वन अधिकृत शेर बहादुर भण्डारी , नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशी, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एवम् बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, एकीकृत भु-परिधि व्यवस्थापन आयोजना ( इलम प्रोजेक्ट ) का फिल्ड सुपरभाइजर गोपीराम चौधरीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपलाल जैशी, इको क्लब शिक्षक संयोजक निर्मला तिमिल्सैना लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयमा गठीत इको क्लबका पदाधिकारी , बाल क्लब, युवा रेडक्रस सर्कल, रोज बहिनि किशोरी क्लबका पदाधिकारी गरि २५ जनाको सहभागिता रकेको थियो ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७