काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ ।
तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
यसअघि आज बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए । तर बैठकले महसुल बारे कुनै निर्णय गर्न सकेको थिएन ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको हुनाले महसुल बुझाउनुपर्ने पक्षमा छन् ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७