मोतिपुर बजार व्यवस्थापन समिति द्धारा बृहत गौरा पर्व कार्यक्रमको आयोजना

Spread the love

आज मोतिपुर बजार व्यवस्थापन समितिकाे आयोजना र लम्कीचुहा नगरपालिकाकोे प्रबन्धकमा बृहत गौरा पर्व कार्यक्रमको आयोजना गरेको छ।

उक्त कार्यक्रमको सभापति मोतिपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टिकाराम तिमिल्सेना र प्रमुख अतिथि लम्कीचुहा नगर उपप्रमुख जुना चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओली र सुदूरपश्चिम प्रदेशका पुर्व राज्यमन्त्री बल बहादुर सोडारी रहनु भएको थियो।

उक्त कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले हाम्रो कला संस्कृतिको जगेर्ना गर्न म लागी पर्ने बताउनु भएको छ। साथै उक्त कार्यक्रममा बोल्दै लम्कीचुहा वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले हामी निरन्तर कल संस्कृतिको संरक्षणमा लागेका छौँ। यसैको लागि भनेर वडाले जग्गा समेत लिजमा लिएर प्रत्येक सोमबार देउडा कार्यक्रम संचालन गरेकाे र सांस्कृतिक कार्यक्रम संचालन गर्न सहज हुने बताउनु भयो।

साथै उक्त कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष तिमिल्सेनाले कला संस्कृतिको लागी हाम्रो बजार व्यवस्थापन समिति सधैँ सकारात्मक भएर लाग्ने बताउनु भयो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *