युवा नेता सुरेन्द्र बोहोराको पहलमा निःशुल्क WiFi, CCTV क्यामेरा, पङ्खा जडान
कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १० का वडा सदस्य सुरेन्द्र बोहोराले निःशुल्क WiFi, CCTV क्यामेरा, पङ्खा जडान गरेका छन् ।
पछिल्लो समय जनप्रतिनिधी काम गर्ने भन्दा पनि गफ दिने, बढि विवादित भइरहेका बेला सुरेन्द्र बोहोराले चर्चा पाइरहेका छन् । सुरेन्द्र बोहोराले जनताका आवश्यकता नजिकबाट निहालेका छन् । जनता संगै आफ्नो दिनचर्या बिताइरहेका बोहोरा अहिले आफ्नो कामले स्याबासी पाइरहेका छन् । बोहोरा जनताका हकहितको लागी निरन्तर लागी रहने, खरो बोल्ने वक्ताको रुपमा समेत आफुलाई चिनाउँछन।
यसै बिचमा बोहोरा संग हामीले बुझ्दा बोहोराकोे निरन्तर प्रयासले वडामा सार्वजनिक शौचालय र सिसिटिभी क्यामेरा समेत जडान गरेकाे बताए । आज तिनै बोहोराकोे पहलमा चुहा प्रतिक्षालयमा निःशुल्क WiFi र पङ्खा समेत जडान गरेका छन् । बोहोरा विगत देखि कहिले वृद्ध आमाबुबाहरूको लागी वडाको कामकाज देखि युवा विद्यार्थीको लागी शिक्षा र खेलकुदमा आफै अग्रसर भएर लागेको देखिन्छन् ।
हामीले बोहोरालाई सोध्यौँ, तपाईलाई काम गर्न कत्तिको चुनौती ?
बोहोराले भने चुनौती छ तर पनि म जनताको सेवक हो, जनताको सल्लाह सुझाव सधैं मेरो प्रेणाकोे स्रोत बनेको छ । बोहोरा सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर देखिन्छन् । दिन दुःखी, असहरा, अप्ठ्यारोमा परेका नागरिकका लागि उनी सहयोगको पहिलो व्यक्ति बन्ने गरेका छन् । वडामा वृद्धभत्ता लिन आउने आमाबाबालाई फारम भर्न मद्दत गर्ने, पानी खुवाउने, जानकारी नपाउनेलाई सबै कुरा सिकाउने जस्ता कामले आमाबुबाकोे मन जितेका छन् ।
आगामी दिनमा पनि जनताकाे सल्लाह सुझाव र जनताकाे आवश्यकतालाई ध्यानमा राख्दै काम गर्ने वडा सदस्य सुरेन्द्र बोहोराले बताएका छन् ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७