राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

Spread the love

बर्दिया – बर्दियामा पहिलो पटक ठूलो लगानीमा निर्माणाधीन राजापुर चिनी कारखानाले मंसिरबाट चिनी उत्पादन सुरु गर्ने भएको छ ।

जिल्लाको राजापुर नगरपालिका–५ बदालपुरमा करिब २ अर्ब ५० करोडको लगानीमा चिनी कारखाना निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको जनाएको छ ।

राजापुर सुगर एण्ड केमीकल्स इण्डिष्ट्रिज प्रालिले वार्षिक ३ लाख ३० हजार टन चिनी उत्पादन गर्ने लक्ष्य रहेको छ । चिनी उत्पादनले लुम्बिनी, कर्णाली लगायतका प्रदेशसम्म निकासा हुने छ ।

सुगर एण्ड केमीकल्स इण्डष्ट्रिज प्रालिका महाप्रबन्धक श्रीकृष्ण महतोले चिनी उद्योगमा हाल ५ सय ५० जनाले रोजगारी पाएको बताए । मंसिरबाट उत्पादन सुरु हुनासाथ थप जनशक्ति राख्ने उनले जनाए ।

यस बाहेक कैलालीबाट यहा उखु खरिद गरिने भएको छ । महाप्रबन्धक महतोले चिनी कारखानाका लागि ५ हजार बिघामा उखु लगाउन किसानलाई अनुदान दिने बताए । स्रोत: कान्तिपुर

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *