राष्ट्रिय युवा संसदमा कैलाली क्षेत्र नं. २ बाट भरत कठायत निर्वाचित

Spread the love

कैलाली क्षेत्र नम्बर २ बाट भरत कठायत विजयी

कैलाली – राष्ट्रिय युवा संसद २०८१ मा सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नम्बर २ बाट भरत कठायत विजयी भएका छन्। युवा नेतृत्व र सामाजिक सक्रियतामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएका कठायतलाई राष्ट्रिय युवा संसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छ।

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा सञ्चालन हुने यस संसदमा देशभरिबाट युवा प्रतिनिधिहरू निर्वाचित गराएको छ । यसमा भरत कठायत पनि कैलालीको क्षेत्र नं २ बाट असार १५ गते भएको अनलाइन भोटिङबाट बहुतले विजयी भएका छन्।

कठायत विजयसँगै कैलाली मात्र नभई सम्पूर्ण सुदूरपश्चिमका युवाहरूको आवाज राष्ट्रिय स्तरमा पुग्ने अपेक्षा गरिएको छ। नयाँ सोच, सकरात्मक परिवर्तन र नेतृत्व क्षमताका साथ अघि बढिरहेका कठायतले युवाका समस्यालाई संसदमार्फत उठाउने प्रतिवद्धता जनाएका छन्। “सिर्जनशील युवाहरूको प्रतिनिधित्व गर्दै देश विकासमा सकारात्मक योगदान दिन यो अवसर प्राप्त भएकोमा म सबैप्रति आभारी रहेको बताए।

राष्ट्रिय युवा संसद युवा नेतृत्व विकास, नीति निर्माणमा युवा सहभागिता र सशक्त आवाजको प्लेटफर्मको रूपमा स्थापित हुँदै आएको छ। युवा संसदको कार्यकाल आगामी २ बर्ष सम्म रहने छ।

उहाँको नेतृत्व क्षमता, समर्पण, र युवा हकहितका लागि निरन्तर गरिएको संघर्षले उहाँलाई राष्ट्रिय स्तरमा स्थापित गराएको छ।

कठायतको राजनीतिक र सामाजिक यात्रा

२०८१ सालमा आयोजित राष्ट्रिय युवा संसदको निर्वाचनमा कैलाली क्षेत्र नं. २ बाट उम्मेदवारी दिई बहुमतको आधारमा विजय प्राप्त गर्नुभएको छ। यो सफलता उहाँले विगतमा प्राप्त गरेका प्रशिक्षणहरू, अनुभव र निरन्तर समाजसेवा गरेको जगमा उभिएको हो। युवाको हकहितका मुद्दा, नीति निर्माणमा सहभागिता, र स्थानीयदेखि राष्ट्रिय तहसम्म युवाहरूको सशक्त आवाज स्थापित गर्ने लक्ष्य रहेको कठायतले बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *