काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो ।
यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।
‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापन समेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७