लम्कीका युवाहरुको समूहले शान्तिपुण प्रदर्शन, बिपिन जोशीको रिहाइको माग

Spread the love

विपिन जोशीको रिहाईका लागि युवाहरूले गरे सडकमा नाराबाजी

सिद्धराज/लम्की – आज लम्कीचुहा नगरपालिका वडा नम्बर १ स्थित लम्की चौराहामा,हामी युवाहरू कहिलेसम्म विदेशिनुपर्ने हो सरकार विपिनको अवस्था सार्वजनिक गर्नमा कूटनीतिक दबाब सिर्जना गर भन्दै लम्कीचुहाका संयुक्त युवाहरूले र्याली तथा दबाबमूलक आन्दोलन गरेका छन् ।

उक्त कार्यक्रममा हमासको आक्रमणमा परेका तथा हमासको बन्धकमा रहेका महेन्द्रनगर कञ्चनपुरका विपिन जोशीको रिहाइको लागि उनको आमा र बहिनी इजरायल गएका छन् । यसै अवसरमा देशभरका विभिन्न स्थानमा विभिन्न तरिकाले आन्दोलन तथा दबाब दिइरहेको बेला लम्कीका युवाहरूले पनि दबावमूलक आन्दोलन गरेका हुन् । कार्यक्रममा संलग्न व्यक्ति कृष्ण उपाध्यायले आफ्नो कलाले सकेजति साहित्यिक ढङ्गबाट विभिन्न नाराहरू सिर्जना गरी आन्दोलनमा सहयोग पुर्‍याएका थिए । कार्यक्रममा युवाहरूले,
-नेपाल सरकार मुर्दाबाद
-विपिन जोशीको रिहाइको लागि दबाब दे

जस्ता विभिन्न नाराहरू लगाउँदै दबावमूलक कार्यक्रम गरेका हुन्। सिंगो देश तिम्रो पर्खाइमा छ भन्ने भावका साथमा तयार पारेको ब्यानर सहित विभिन्न साहित्यिक वाक्यांशसहितका नारा लगाएर उक्त दबावमूलक र्‍याली सहितको कार्यक्रम सम्पन्न भएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *