लम्कीचुहामा मृतकको परिवारलाई क्रिया खर्च र निःशुल्क महाप्रस्थान यान संचालनमा ।
लम्की – कैलालीको लम्कीचुहा नगरपालिकाले मृतकको परिवारलाई सहजका लागी घर देखि मसानघाट सम्म लैजानको लागि निशुल्क महाप्रस्थान यान संचालन गर्दै आइरहेको छ । लम्कीचुहा नगरपालिकाले विगत १३ महिनाबाट महाप्रस्थान यान संचालन गरेको हो । लम्कीचुहाले निःशुल्क संचालन गरेको महाप्रस्थान यानबाट करिव ५०० जना बढि मानिसले सेवा लिएका छन् । लम्कीचुहाले अहिले २ वटा महाप्रस्थान यानबाट नागरिकलाई सेवा दिँदै आइरहेको छ ।
साथै पछिल्लो समय लम्कीचुहा नगरपालिकाले मृतकको परिवारलाई क्रिया खर्च स्वरूप दिँदै आइरहेको छ । लम्कीचुहा नगरपालिकाले १०,००० क्रिया खर्च दिँदै आएको छ । नगरपालिकाले गरिव, अति विपन्न, निम्न आर्थिक आय भएका परिवारलाई राहत हुने भएकोले उक्त कार्यको सुरुवात गरेको नगरप्रमुख सुशिला शाहीले बताउनुभयो । साथै यहि कुरामा उपप्रमुख जुना चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुषमा महत्ता केसीले समेत जोड दिनु भयो । नगरपालिकाले हाल सम्म २० जना बढिलाई क्रिया खर्च दिएको बताइएको छ । नगरपालिकाको उक्त कार्यले नगरबासीमा समेत खुशीहाली छाएको छ ।
लम्कीचुहा नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तिनै महिलाहरु हुनुहुन्छ । तिनै जना महिलाले हाकेको लम्कीचुहामा विकास निर्माण देखि सुशासन, महिला सशक्तिकरणमा महत्वपूर्ण भुमिका पुगेको देख्न सकिन्छ । महिला नेतृत्वको इतिहास बनाउने मात्र नभई लम्कीचुहाको विकासका लागी नेतृत्व तहमा पुगेको बताउने मेयर सुशीला शाहीको कामको गति समेत रफ्तारमा देखिन्छ । विद्यालय तथा सामुदायिक भवन निर्माण, महिलाका लागी सुरक्षित आवास, सुकुम्वासीका आवास निर्माण, सडक चौडा तथा स्तर उन्नति, खानेपानी, कृषि क्षेत्रमा लगानी लगायतका कामहरू चर्चामा रहेका छन् ।
महिला नेतृत्व स्वीकार गर्ने सवालमा विगतको जस्तो जटिल नभए पनि पूर्ण परिवर्तन पनि भएको छैन । लम्कीचुहामा हामी महिलाहरूले नेतृत्व गरिरहँदा बल्ल केही परिवर्तन देखिन थालेको छ । महिलालाई विश्वास गर्ने वातावरण बन्दै छ । उपप्रमुख जुना चौधरीले बताउनुभयो । लम्कीचुहामा जनप्रतिनिधिका रूपमा महिला नेतृत्व र प्रशासनमा पनि महिला नेतृत्व भएका कारण कार्यालयको कार्य सम्पादनमा निकै सहज भएको प्रमुख प्रशासकीय अधिकृत सुषमा महत्ता केसीले बताउनु भयो ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७