लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न सक्दैन : गृहमन्त्री लेखक

Spread the love

विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताए । “फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ” उनले भने– “ कुनै मुद्दा चलेको छ भने छुट्न पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।”

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो । “यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु” उनले भने– “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।”

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए । “कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ । तर कहिलेकाहीँ अवधि भन्दा पहिले पनि हुन्छ ।”

मन्त्री लेखकले भने– “जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु पर्‍यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?” उनले यो प्रक्रियालाई सामान्य रूपमा लिन आग्रह समेत गरे ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *