ल.चु. नपा वडा नं ०७ को युवा लक्षित कार्यक्रम अन्तर्गत कम्प्युटर कोर्ष कार्यक्रम नेशनल एडभान्स कम्प्युटरमा उद्घाटन

Spread the love

लम्कीचुहा नगरपालिकाको युवा लक्षित कार्यक्रम अन्तर्गत ४० जना युवा तथा बिद्यार्थीहरुलाई ३/६ महिने कम्प्युटर तालीमको वडा नं ७ का वडा सदस्य अनिल चौधरी द्वारा नेशनल एडभान्स कम्प्युटरमा पुरानो कार्यक्रम समापन तथा नयाँ कार्यक्रम समुद्घाटन भएको छ ।

कार्यक्रममा सभाअध्यक्षको रुपमा नेशनल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशक हेमन्त बहादुर शाह हुनुहुन्थ्यो भने प्रमुख अतिथीमा लम्कीचुहा नगरपालिकाका वडा सदस्य अनिल चौधरी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा प्रमुख अतिथीले प्रबिधी आजको अनिबार्य आवश्यकता रहेको र सो कन्सेप्ट यस संस्थाका कार्यकारी निर्देशकले हामीलाई दिए पश्चात हामीलाई स्वभाविक लागेर निःशुल्क पढाईरहेको बताउनु भयो ।

उक्त कार्यक्रमका सभाअध्यक्ष रहनुभएका नेशनल एडभान्स कम्प्युटरका निर्देशक हेमन्त बहादुर शाह ले आफु बिगतमा पढ्दा निम्न बर्गको परिवारमा हुर्केकाले पढाईमा धेरै समस्या,चुनौतीका बावजुत यहाँसम्म पुगेको र प्रबिधी आजको अनिबार्य आवश्यकता भएकाले सबैले बिशेष गरी बिद्यार्थीले हिजो नभई आजको प्रबिधी बुझ्न आवश्यक रहेको बताउनुभयो ।

साथै वडाले मात्रै नभई बिगत ५ बर्ष देखि गरिब जेहेनदार र बिपन्न बर्गका कतिब १०० जना बिद्यार्थी तथा युवाहरुलाई निःशुल्क रुपमा नेशनल एडभान्स कम्प्युटर बाट पढाई सकेको र हाल पनि यो आ.वको अषाढ मसान्त सम्म लम्कीचुहा नगरपालिका का मा.वि तहका प्रत्येक बिद्यालयका २ जना गरिब जेहेनदार बिद्यार्थीहरुलाई समेत निशुल्क पढाउन आग्रह गरेको र बिद्यालयहरुबाट यो आ.व. मा १० जना +२ का बिद्यार्थीहरु निःशुल्क कम्प्युटर बेसिक र डिप्लोमा पढिरहेको जानकारी दिनु भयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *