
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी एकताको प्रक्रिया तिर अघि बढिसकेको बताएका छन्। काठमाडौंमा शुक्रबार भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले वामपन्थी एकतालाई सफल पार्न आफ्नो-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए।
नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको पनि प्रधानमन्त्री दाहालको भनाइ छ।
उनले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।
‘क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ। सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भने।
उनले आफूहरू एकताको प्रक्रिया तिर अघि बढिसकेको बताए। हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउने तिर केन्द्रित हुनुपर्छ। हामी एकताको प्रक्रिया तिर अघि बढि नै सकेका छौँ। यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, उनले भने।
प्रधानमन्त्री दाहालले कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर नकारात्मक भाष्य चिर्न लाग्नुपर्ने बताए।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७