लम्की – आज श्री विरेन्द्र सामुदायिक वन उपभोक्ता समूहकोे कार्यालयमा नव निर्वाचित विरेन्द्र सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक विरेन्द्र बहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो।
सपथ ग्रहण कार्यक्रममा विरेन्द्र सामुदायिक वनका निवर्तमान अध्यक्ष उजिर सिंह सुनार, नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरु अध्यक्ष तिर्थराज ढकाल, उपाध्यक्ष गोरख रावल, सचिव रङ्गा कुमारी भट्टराई, सह-सचिव खेम बहादुर रोकाया, कोषाध्यक्ष विन्द्रा देवी तिमिल्सेना र सम्पूर्ण सदस्यहरू शेर बहादुर थापा, पंख बहादुर शाही, देवा भण्डारी, जानकी रावल, रेशम बिष्ट, राम कुमार चौधरी, प्रिय प्रसाद कोइराला, मिना देवि महत्तो, पार्वती वयक र डम्वर खनाल चयन भएका हुन् ।
कबिता शाही, गोविन्द प्रसाद ढुङ्गाना, कौशिला सोडारी, धौली भण्डारी, भुमिसरा शाही र सुमन देवि चौधरीलाई सदस्यमा मनोनित गरिएको हाे।
लेखा समितिमा संयोजक महेश भण्डारी र सदस्यमा बिरेन्द्र राज गिरी, नन्द सिंह भण्डारी, जयसरा शाही, सरिता कुमारी शाही चयन भएका निर्वाचन समितिका संयोजक बिरेन्द्र शाहीले जानकारी दिए ।
निर्वाचन समितिका संयोजक बिरेन्द्र शाहीले निर्वाचन प्रक्रियालाई सहजरूपमा सम्पन्न गर्नमा सहयोग गरेकोमा सरोकारवाला सहित सम्पूर्णमा उपभोक्तामा हार्दिक धन्यवाद समेत प्रकट गरेका छन् । को उपस्थितिमा पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७