स्वच्छ पानी; स्वस्थ जीवनको आधार

Spread the love

पानी जीवन जिउने आधार हो !
लम्की – पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हो । यो कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ०२ कोे कार्यालयले मोतीपुर चोकमा शुद्ध पिउने पानीको व्यवस्था गरेको हो । अहिले यात्रा गर्ने दैनिक हजारौँ मानिसले यो शुद्ध पिउने पानी को प्रयोग गरिरहेका छन् ।

याे शुद्ध पिउने पानीले यात्रुलाई निकै राहत पुगाएको छ । यस फिल्टरबाट २ थरी पानी आउँने गर्दछ, एउटा टुटीबाट मनतातो र अर्को टुटीबाट चिसो पानी आउँने गर्दछ । जीवनको अमूल्य चिज पानी हो । मानिसको लागी भोक तिर्खाको पहिलो शब्द पानी हो । यो पानीको सुरक्षा गर्नु पनि हामी सभ्य नागरिकको पहिचान हो ।

पानी बिनाको माछा र मानव उस्ता उस्तै हुन् । अहिले गर्मीको समयमा यात्रा गरिरहेका मानिसले यो शुद्ध चिसो पानी पिउन पाउँदा यस वडाका अध्यक्ष सन्तोष कुमार ओलीलाई सम्झिरहेका देख्न र सुन्न पाहिन्छ ।

उसो त अध्यक्ष ओली बेला बेलामा चर्चामा आइरहन्छन् । समाजिक सुरक्षा भत्ता लिन बैंकमा घण्टौं लाईन लाग्नु पर्ने समस्याको अन्त्य गर्दै वडाबाट र अशक्तको घर घरबाट भत्ता वितरण गर्ने नवीनतम कार्य गरेर अध्यक्ष ओलीले वावाई पाइरहेका छन् । वृद्ध आमाबुवा र युवाहरुको ढुकढुकी बनेका छन् अध्यक्ष ओली ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *