
“सुख र दुख: भ्रमको पर्दा पछाडि लुकेको सत्य”
–नारायण अधिकारी
संसारको हरेक कुना हेर्दा हामी दुइटा कुरा भेट्छौं ! सुख र दुख मानिस जन्मेपछि उसले यही दुइटा कुराको पछाडि जीवनभर दौडन्छ। कसैले धनमा सुख खोज्छ, कसैले प्रेममा, कसैले नाममा। त्यसैगरी, कसैले गरिबीमा दुख देख्छ, कसैले विछोडमा, त कसैले असफलतामा। तर प्रश्न उठ्छ—के यी दुइटा कुरा साँच्चिकै छन त, यहा दुख र सुख बस आखाँको भ्रम मात्र हो ?
हामी मान्छे मर्दा रुन्छै, तर आर्यघाटमा काम गर्नेहरू मान्छे नमर्दा रुन्छन ।
किनभने उनीहरूको जीवन त्यही मृत्युसँग गाँसिएको छ। शव आएन भने चुल्हो बल्दैन। यो दृश्यले गहिरो कुरा सिकाउँछ । सुख र दुख वास्तवमा घटना होइनन्, ती त सोचाइ मात्र हुन ,यो वस्तुमा सुख मिल्छ अथवा त्यो मा दुख मिल्छ भनेर हामीले भन्न नै मिल्दैन , मानिसको अबस्था र समय अनुसार दुख र सुखका आ-आफ्नै परिभाषा हुन्छन् जुन हामीले माथिको उदाहरण बाट समेत हेर्यै
संसारले हामीलाई सानैदेखि सिकायो—सफल भयो भने खुशी, असफल भयो भने दुखी। तर के यो नियम सबैका लागि एउटै लागु हुन्छ? कति सफल मान्छे भित्रैभित्र दुखी छन्, अनि कति सामान्य मान्छे साँचो र सन्तोषमा बाँचेका छन्।
यो देखाउँछ—सुख र दुख स्थायी होइनन्, न त ती कुनै निश्चित ठाउँमा हुन्छन्। यी त केवल दृष्टिकोण हुन्, मनको अनुभूति हुन्, समाज र संस्कारले बनाएको विचार हुन्।
त्रिवेणी मिडियाको यो लेखले यही सन्देश दिन चाहन्छ । हामीलाई चाहिएको कुरा ‘सुखको खोजी’ होइन, ‘दृष्टिकोणको परिवर्तन’ हो।
जब हामीले घटनालाई राम्रा या नराम्रा भनेर होइन, केवल अनुभव भनेर हेर्न सिक्छौं, तब हामी सुख-दुखभन्दा परको दुनियाँमा पुग्छौं। जहाँ मन शान्त हुन्छ, जहाँ आत्मा हलुका हुन्छ।
हामी सबैले बुझ्नुपर्छ—साँचो सुख कुनै वस्तुमा, मान्छेमा, वा स्थानमा छैन।
साँचो सुख त बुझाइमा छ। साँचो दुख आशक्तिमा छ।
जब हामी यी भ्रमको पर्दा हटाउँछौं, तब मात्र हामी जीवनलाई नांगो आँखाले देख्न थाल्छौं । न त त्यसमा कुनै भारी पीडा हुन्छ, न त झनक्क खुशी। त्यो त केवल शान्त यात्रा हुन्छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७