
हेर्ने कथा ‘ हराएका वर्षहरु ‘ यति बेला चर्चामा रहेको छ। यो भिडियो हेरेर अधिकांसले मुख्य पात्र प्रकाश तामाङ प्रति चिन्ता प्रकट गरिरहेका छन्।
यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भिडियाे हेरिसकेपछि प्रतिकृया जनाउँदै प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन्।
उनले लेखेका छन् – हामी दुःखको आँसु सँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें – यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान्! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईं सँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७