लोकल रक्सीलाई ब्राण्डिङ गर्दै – लम्कीचुहा

Spread the love

                भरत रिमाल – लम्की, कैलाली 

लम्की – कैलालीको लम्कीचुहा नगरपालिका घरेलु उत्पादनलाई प्रवर्धन गर्दै संमृद्धिसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनु पर्छ भन्ने अभियान साथ नगर प्रमुख सुशिला शाही ज्युले सुरुवात गर्नु भएको छ।

लम्कीचुहा नगरपालिकाले लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गर्नेका साथै सामुदाय संग छलफल संगै प्रारम्भिक अध्ययन प्रक्रिया को सुरुवात गरेको छ। घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान नगर प्रमुख सुशिला शाही ज्युको अवधारणा अनुसार स्थानिय सरकारले लोकल रक्सी उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि अध्ययन गरिरहेको छ।

यदि यो कार्यले निरन्तरता पाउन सकेमा यस क्षेत्रका धेरै जनता लाभान्वित सहित रोजगारीकोे सृजना समेत हुनेछ। यस अभियानलाई निरन्तरता दिने मेयर शाहीले बताउनुभयो।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *