
घरबाट राजनीतिको सुरुवात गरेका विशाल खड्का CTEVT राष्ट्रिय कमिटी ईन्चार्जकोे जिम्मेवारीमा
भरत रिमाल/कैलाली – दुर्गम बझाङ जिल्लाको जय पृथ्वी नगरपालिकामा जन्मिएका विशाल खड्का, जसको ठाउँमा जानु परे झण्डै काठमाण्डौंबाट गाडीमा तिन दिन लाग्ने गर्छ । गाउँको स्कुलमा पढेका खडका त्यहाँका विद्यार्थीका समस्या, दुर्गम गाउँका जनताका समस्यालाई नजिकबाट निहालेका छन् । खड्काले त्यहिबाट संकल्प गरेका थिएँ, मैले विद्यार्थीका यी समस्या, विवेध अन्त्य गर्नुपर्छ । त्यहिबाट खडका अनेरास्वियु विद्यार्थी संगठनमा आबद्ध हुनु भयाे र बझाङकै स्कुल कमिटी अध्यक्षकोे जिम्मेवारी समालेर काम गर्नुभयो ।
खड्काले आफ्नो गाउँबाट वि.स. २०६६/६७ साल तिर एसएलसी दिएर विद्यार्थी राजनीति त्यहिबाट सुरू गरेका थिए । उनीलाई विद्यार्थीको समस्या, विद्यार्थी माथीकोे विवेद पटक्कै मन परेको थिएन, त्यहि कारण पनि यसको अन्त्य गर्न आफु विद्यार्थी संगठनमा आबद्ध भएको खड्काले बताए । स्कुले जीवन देखि विद्यार्थीका हक हितका लागि निरन्तर लड्दै आएका खड्का यति बेला विद्यार्थीका मुद्दा केन्द्रमा उठाइरहेका छन् । विद्यार्थीले नर्सिङ पढ्न चाहने तर प्रविधिक रुपमा अहिले बन्द रहेको विषयमा खड्का नर्सिङ पढ्न पाउनुपर्छ भनेर निरन्तर आवाज उठाइरहन्छन ।

खड्का अनेरास्वियू केन्द्रिय सचिवालय सदस्य समेत हुन् । खड्काले याे भन्दा अघिल्लो कार्यकाल CTEVT राष्ट्रिय कमिटीको अध्यक्षमा रहेर काम गरेका थिएँ । आज तिनै खड्काकोे कार्य मूल्यांकन गरेर खड्कालाई CTEVT राष्ट्रिय कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । उहाँलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७