प्रादेशिक अस्पतालको प्रशासन शाखाको चाबी नगरपालिकाको नियन्त्रणमा : अधिकार क्षेत्रमाथि गम्भीर प्रश्न ?

Spread the love

प्रादेशिक अस्पतालको प्रशासन शाखाको चाबी नगरपालिकाको नियन्त्रणमा : अधिकार क्षेत्रमाथि गम्भीर प्रश्न ?
लम्की – लम्कीचुहा प्रादेशिक अस्पतालको प्रशासन शाखाको चाबी लम्कीचुहा नगरपालिकाको सचिवालयका व्यक्तिहरूले आफ्नो नियन्त्रणमा लिएपछि अस्पतालको प्रशासनिक व्यवस्थापन र अधिकार क्षेत्रलाई लिएर प्रश्न उठेको छ ।

अस्पतालको प्रशासनिक कामकाज सञ्चालन हुने महत्वपूर्ण शाखाको चाबी नगरपालिकाको सचिवालयका व्यक्तिहरूले नियन्त्रणमा किन लगे भन्ने विषयमा अध्यक्ष र प्रशासन प्रमुखले ठोस कारण थाहा नभएको बताए ।

प्रदेश सरकार र स्थानीय सरकारबीचको अधिकार तथा व्यवस्थापनसम्बन्धी विवादको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न थालेको छ। लम्कीचुहा प्रादेशिक अस्पतालको प्रशासनिक व्यवस्थापनलाई लिएर देखिएको पछिल्लो विवादले अस्पतालमा उपचार तथा सेवा लिन आउने नागरिक थप अन्योलमा परेका छन्।

अस्पताल सञ्चालन, प्रशासनिक जिम्मेवारी र व्यवस्थापनको अधिकार कसको भन्ने विषयमा दुई तहका सरकारबीच देखिएको तानातानको प्रत्यक्ष असर भने नागरिकले भोग्नुपर्ने अवस्था सिर्जना भएको छ। बिरामीका लागि अस्पताल राजनीति वा सरकारी अधिकारको प्रतिस्पर्धा गर्ने ठाउँ नभई सहज, नियमित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आधारभूत थलो हो।

प्रदेश र स्थानीय सरकारबीचको अधिकारको लडाइँ कहिलेसम्म? अनि नागरिकले सहज स्वास्थ्य सेवा कहिले पाउने?


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *