स्थानीय र प्रदेश सरकार बीचकाे विवादको मारमा सर्वसाधारण बिरामी, लम्कीचुहाले कर्मचारीलाई हाजिर नगर्न अनुरोध

Spread the love

स्थानीय र प्रदेश सरकार बीचकाे विवादको मारमा सर्वसाधारण बिरामी, लम्कीचुहाले कर्मचारीलाई हाजिर नगर्न अनुरोध 

लम्की – लम्कीचुहा नगरपालिकाले लम्कीचुहा अस्पतालमा कार्यरत करार कर्मचारीलाई हाजिर नगराउन पत्राचार गरेपछि अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ। नगरपालिकाले अस्पताल विकास समितिलाई पत्र पठाउँदै करार नवीकरणसम्बन्धी निर्णय नभएको भन्दै करार कर्मचारीलाई हाजिर नगराउन जानकारी गराएको हो।

नगरपालिकाको पत्रमा अस्पतालमा करार सेवामा कार्यरत कर्मचारीहरूको करार अवधि २०८३ साल असार मसान्तसम्म रहेको र त्यसपछि करार म्याद थप गर्ने सम्बन्धमा अस्पताल विकास समितिबाट निर्णय नभएको उल्लेख गरिएको छ। करार नवीकरण नभएसम्म सम्पूर्ण करार कर्मचारीलाई कार्यालयमा हाजिर नगराउन पत्रमार्फत भनिएको छ।

तर, उक्त पत्राचारको प्रत्यक्ष असर अहिले अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणमाथि पर्न थालेको छ।

करार सेवामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित रूपमा आफ्नो कार्यकक्षमा बसेर सेवा दिनुपर्ने अवस्थामा समेत कार्यकक्ष छाडेर बिरामीका कुरुवा बस्ने स्थानमा आएर बस्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ। यसले अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तमा थप अन्योल सिर्जना गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *