
लम्की – कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ खक्रौला स्थित मुख्य सडक खण्डबाट टीकापुर नगरपालिका–१ वनगाँउ बस्ने २५वर्षीय तुलाराम घर्तिमगर पक्राउ परेका हुन्। घर्तिमगरलाई १ ग्राम ८ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७