
कांग्रेस महाधिवेशन: लम्कीचुहाकी नगरप्रमुख शाहीद्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
कैलाली – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. २ बाट लम्कीचुहा नगरप्रमुख सुशीला शाहीले खुला महिला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी प्रस्तुत गरेकी छन्।
नेपाली कांग्रेसका लोकतान्त्रिक मूल्य, समावेशी सिद्धान्त र संगठनात्मक सुदृढीकरणप्रति प्रतिबद्धता जनाउँदै शाहीले पार्टीभित्र महिला सहभागिता र समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेकी हुन्।
शाहीले पार्टी संगठनको संस्थागत विकास, कार्यकर्ताको सम्मान तथा अधिकारका सवालमा दृढतापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागिता बढाउँदै संगठनलाई थप समावेशी, सुदृढ र जनमुखी बनाउन आफ्नो भूमिका केन्द्रित रहने उनको भनाइ छ।
“नेपाली कांग्रेसका लोकतान्त्रिक मूल्य, समावेशी सिद्धान्त र संगठनात्मक सुदृढीकरणप्रति प्रतिबद्ध रहँदै खुला महिला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छु,” शाहीले भनेकी छन्।
उनले आफ्नो उम्मेदवारीलाई पार्टी संगठनमा महिला सहभागिता र प्रतिनिधित्वलाई थप बलियो बनाउने अवसरका रूपमा लिँदै सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको साथ, समर्थन, सुझाव र अमूल्य मतका लागि हार्दिक अपिल समेत गरेकी छन्।
शाहीले प्रतिनिधिहरूको विश्वास र सहयोगबाट नेपाली कांग्रेसलाई अझ सुदृढ, समावेशी र जनमुखी संगठनका रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्। कैलाली क्षेत्र नं. २ मा शाहीको उम्मेदवारीसँगै महिला सहभागिता, समावेशी प्रतिनिधित्व र संगठनात्मक भूमिकाका विषयमा समेत चर्चा सुरु भएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७