
नेपाली कांग्रेस लम्कीचुहा नगर सभापतिमा मयाराम धमला विजयी
लम्की – कैलालीको लम्कीचुहामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर सभापति पदमा मयाराम धमला विजयी भएका छन् ।
नगर सभापति पदका लागि भएको निर्वाचनमा मयाराम धमलाले २३१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लोक देउवाले ११ मत प्राप्त गरेका छन्।
प्राप्त मतपरिणाम अनुसार धमला र देउवाबीच २२० मतको फरक देखिएको छ। नगर सभापतिको निर्वाचनमा धमलाले स्पष्ट मतान्तरसहित नेतृत्वको जिम्मेवारी आफ्नो पक्षमा पारेका हुन्।
धमलाको विजयसँगै नेपाली कांग्रेस लम्कीचुहा नगर कार्यसमितिको आगामी नेतृत्व उनको काँधमा आएको छ। अब उनले पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै स्थानीय तहमा कांग्रेसको संगठन विस्तार र कार्यकर्ताबीचको समन्वयलाई कसरी अघि बढाउँछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७